६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग वान : पीएसजीले आज मोनाकोसँग खेल्दै, नेइमार तीन महिनापछि मैदान फर्कने



अ+ अ-

काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले आज मोनाकोसँग खेल्दै छ । आजके खेलबाट उसका स्टार खेलाडी नेइमार आजकै खेलबाट मैदानमा फर्कने भएका छन् ।

खुट्टाको गम्भीर चोटका कारण उपचारसहित लामो विश्राममा रहेका नेइमार एकसाता अघिनै टोलीको प्रशिक्षामा फर्किएका थिए ।

उनी अहिले पूर्ण रुपमा फिट भएका छन् । उनी स्वयं खेल्न सक्नेमा विस्वस्त देखिएका छन् । मोनाकोविरुद्ध नेमारले पुनरागमन गर्नेछन,’ प्रशिक्षक थोमसले भने ।

नेइमार गत जनवरी महिनामा कोपा डेल रे अन्तर्गत स्टार्सबर्गविरुद्धको खेलमा घाइते भएका थिए । चोट बोक्नुअघि नेइमारले लिग वानमा १३ गोल गरेका थिए ।