६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यक्तिको अनुहार होइन सिद्धान्तमा टेकेर एकता प्रक्रिया टुंगिन्छ : अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले व्यक्तिको अनुहार हेरेर नभई सिद्धान्तमा टेकेर एकता प्रक्रिया टुंगिने बताएका छन् ।

नेकपा स्थापनाको ७० औं दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी एकता प्रक्रिया टुंगोमा पुगेको औपचारिक घोषणा सोमबार हुने बताए ।

‘मान्छेको अनुहार हेरेर मूल्यांकन गर्न सकिने स्थिति छैन । एउटा सिद्धान्तमा टेकेर एकता गरौं भन्ने नीतिगत निर्णय हामीले गरिसकेका छौं,’ प्रचण्डले भने ।