
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले भोलि तल्लो तहको पार्टी घोषणा हुने बताएका छन्।
३ नम्बर प्रदेश संगठन कमिटीले आइतबार आयोजना गरेको ७० औं कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा बोल्दै प्रचण्डले पार्टी एकता प्रक्रिया टुंगोमा पुगेको औपचारिक घोषणा सोमबार हुने बताए ।
प्रचण्डले भने ‘भोलि घोषणा तयारीका लागि आज दिनभर दुइ जना साथीहरु खटाएका छौं। अब चिन्ता नलिनुस् भोलि जसरी पनि एकता घोषणा हुन्छ।’
उनका अनुसार विघठित चौथो कार्यदलका ९ सदस्यमध्ये ५ सदस्यहरुले दिएको सुझाव पनि विधानमा समेटिएको बताएका छन्। भोलि एकताका लागि आज साँझ केन्द्रीय सचिवालयको बैठक बोलाइएको दाहालले बताए।









