६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय संसदको बजेट अधिवेशन वैशाख १६ गतेका लागि बोलाइयो



अ+ अ-

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन वैशाख १६ गतेका लागि बोलाइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १६ गतेका लागि बजेट अधिवेशन अर्थात संसदको वर्षे अधिवेशन आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री केपी ओलीले पनि बजेटका सिद्धान्त र आधारबारे सांसदहरुसँग सुझाव संकलन गरिरहेका छन्। प्रदेश नम्बर १ र ७ का सांसदसँग छलफल गरिसकेका प्रधानमन्त्री ओलीले केही दिनभित्रै अन्य प्रदेशका सांसदसँग छलफल गर्दैछन्।

वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनुका साथै त्यसमाथि छलफल गरेर पारित गरिन्छ । संविधानको व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्छ ।