
काठमाडौं । कान्तिपुर मिडियाबाट अन्नपूर्ण मिडिया नेटवर्क प्रबेश गरेका पत्रकार विजयकुमार पाण्डेले पदबाट राजीनामा दिएका छन्।
आइतबार सामाजिक संजाल ट्विटरमा उक्त समूह सम्पादक (ग्रुप एडिटर) बाट राजीनामा दिएको बताएका हुन् । आफ्नो
राजीनामाबारे उनले ट्विटरमा लेखेका छन्( २०७६ सालमा आफ्नो दोस्रो किताबको प्रकाशन, एपीवान टेलिभिजनमा एक मेगासिरिज कार्यक्रमको प्रस्तुति र श्रव्य दृश्यको डिजिटल प्लेटफार्ममा बढी समय दिनु पर्ने भएकोले अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप एडिटर पदबाट राजिनामा दिएको छु।’
पाण्डे २०७४ असोजमा अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप एडिटर नियुक्त भएका थिए।









