६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षभित्र पार्टीको महाधिवेशन गछौं : अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकम दाहाल (प्रचण्ड)ले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने बताएका छन् ।

पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा दाहालले एक वर्षभित्र महाधिवेशन गर्ने बताए ।

‘अब हामी एक छिन पनि ढिलो गर्न सक्दैनौं । हामीले हिजो सचिवालय बैठकमा पनि भनेका छौं ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै सम्मेलन सक्नेछौं र एक वर्षभित्र महाधिवेशन सम्पन्न्न गरिसक्नुपर्नेछ’ प्रचण्डले भने ।