२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : दिल्ली भर्सेज राजस्थान, टिममा अटाउलान् सन्दीप ?



अ+ अ-

काठमाडौं। इण्डियन प्रिमियर लिगमा आज ४० औं खेल राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेलिँदैछ ।

राजस्थानको सवाइ मानसिंह मैदानमा नेपाली समयअनुसार आज बेलुकी सवा ८ बजे खेलिने खेलमा आजको खेल जितेमा दिल्लीले चेन्नइ सुपरकिंग्सलाई उछिन्दै अंक तालिकाको शीर्ष स्थानमा पुग्नेछ ।

दिल्लीलाई प्लेअफ पुग्नको लागि बाँकी ४ खेलमध्ये २ खेल जित्नुपर्नेछ । राजस्थानलाई भने प्लेअफ पुग्नको लागि बाँकी ५ वटै खेल जित्नुपर्छ ।

आइपिएलमा अहिलेसम्म राजस्थान र दिल्लीले १८ खेल खेलेका छन् जसमा राजस्थानले ११ खेल जितेको छ भने दिल्लीले ७ खेल जितेको छ । दिल्लीले राजस्थानविरुद्ध सबैभन्दा धेरै ४ खेल आफ्नो होमग्राउण्ड फिरोज शाह कोटलामा जितेको छ ।

प्रतियोगितामा १० खेलबाट ६ खेलमा जित र ४ मा हारको नतिजासहित १० अंकका साथ दिल्ली लिग तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट १० अंक रहेको मुम्बई इन्डियन्स रनरेटका आधारमा दोस्रो स्थानमा छ । चेन्नई १४ अंकसहित शिर्षस्थानमा छ । एक खेल कम खेलेको राजस्थान ६ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।