२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाको प्रश्न : कांग्रेसलाई भोट नहाल्ने अनि प्रतिपक्ष कमजोर भयो भनेर हल्ला फैलाउने ?



अ+ अ-

भद्रपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई भोट नहाल्नेहरूले कमजोर प्रतिपक्ष भनेर हल्ला फैलाएको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूसित संक्षिप्त कुराकानी गर्दै देउवाले भोट कम्युनिष्टलाई हाल्ने अनि काँग्रेस कमजोर भयो भनेर हल्ला गर्ने भन्दै आक्रोस पोखेका हुन् ।

सभापति देउवाले भोट दिने बेला काँग्रेस नचाहने अनि संसदमा प्रतिपक्षले बलियो उपस्थिति नदेखाएको भन्दै कांग्रेसको बदनाम मात्र गर्न खोजेको आरोप लगाए । उनले कांग्रेसको प्रतिपक्षीय भूमिका कमजोर नभएको दाबी समेत गरे ।

सभापति देउवाले कांग्रेसलाई कमजोर बनाउन गुटले आक्रान्त भएको भन्दै गलत हल्ला फैलाइएको दाबी गरे । ‘प्रजातान्त्रिक पार्टीमा व्यक्तिका फरक विचारहरु पनि आउँछन् । यसलाई गुट–उपगुट भनेर गलत व्याख्या गरी हल्ला फैलाइयो ।’ सभापति देउवाले सरकार अधिनायकवादको बाटो लागिरहेको तर्क गरे । उनले प्रधानमन्त्रीले मन्त्री परिषदको अधिकार आफूमा निहित गर्नु, प्रेस स्वतन्त्रतालाई संकुचित पार्नु तथा सञ्चारकर्मीमाथि विद्युतीय कारोवार ऐनको नाममा धरपक्कड गर्नु अधिनायकवादको बाटो रोजेको प्रष्ट हुनु हो भन्दै तर्क गरेका हुन् ।

पत्रकारसँग कुरा गर्दै सभापति देउवाले बालुवाटारको विवादित जग्गा सुर्वण शम्शेरको भएकोले उनकी श्रीमती ललितादेवीले भोगचलन गर्ने अधिकार हुनु पर्ने जनाए । सरकारले अधिग्रहण गरेको जग्गा कसैले पाउने भए सुर्वणका सन्तानले नै पाउनु पर्ने समेत बताए ।