२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगा : बार्सिलोनाले अलाभेससँग खेल्दै, तीन खेल अगिनै लिग जित्ने दाउमा मेस्सी



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आज लिग लिडर बार्सिलोनाले अलाभेससँग खेल्दै छ ।

मेन्डीजोररा रंगशालामा नेपाली समयअनुसार राति १ः१५ बजेबाट सुरु हुने खेलमा आज बार्सिलोनाले जितेको खण्डमा उपाधि नजिक पुग्नेछ । हाल लिगमा ३३ खेलपछि ७७ अंक बनाएर शीर्ष स्थानमा छ । समान खेल खेलेको एथ्लेटिको मड्रिड दोस्रो स्थान ६८ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।

बार्सिलोनालाई अब लिग जित्न मात्रै ६ अंक आवश्यक छ । अबका दुई खेल जिते उसले अन्तिम ३ खेल बाँकी छँदै लिग पोल्टामा पार्नेछ । यदि बराबरीमा रोकिए वा पराजित भएको खण्डमा पनि उसले उपाधिका लागि थप खेल जित्नुपर्ने हुन्छ ।

हाल लिगमा बार्सिलोना ७७ अंकसहित शीर्ष स्थानमा रहँदा एथ्लेटिको ६८ अंक बनाएर दोस्रो तथा रियल मड्रिड ६४ अंकसहित तेस्रो स्थानमा छ ।