२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी अरब : ३७ जनालाई मृत्युदण्डको सजाय



अ+ अ-

काठमाडौं । साउदी अरबले आफ्ना ३७ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ । आतंकवादमा संलग्न भएको आरोपमा उनिहरुलाई मृत्युदण्डको सजाय सुनाएको साउदी प्रेस एजेन्सीले बताएका छन् ।

साउदी प्रेस एजेन्सीका अनुसार सन् २०१६ पछि यो नै यति ठूलो संख्यामा सामूहिक मृत्युदण्डको सजाय दिइएको हो । यसअघि पनि ४७ जनालाई आतंकवाद गतिविधिमा संलग्न भएको आरोपमा मृत्युदण्ड दिइएको हो ।

एजेन्सीका अनुसार रियाद, मक्का–मदीना, मध्य कासिम प्रान्त र शिया अल्पसंख्यकहरुको गढ इस्टर्न प्रान्तमा मृत्युदण्ड दिइने छ ।

एसपीएले जारी गरेको आँकडा अनुसार, साउदी अरबमा यो वर्षको सुरुवातदेखि अहिलेसम्म कम्तीमा सय जनालाई मृत्युदण्डको सजाय दिइसकिएको छ ।