
जोहानसबर्ग । दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको छ ।
दक्षिण अप्रिकामा हालका दिनहरुका भारी वर्षाले सताएको र सोही कारण गत हप्ताबाट दक्षिण र पूर्वी भागहरु प्रभावित भएका छन् ।
बाढी र पहिरोमा परी मङ्गलबारसम्म ३३ जनाको मृत्यु भएको थियो । तर पहिरोमा पुरिएका व्यक्तिलाई निकाल्ने क्रममा सो सङ्ख्या ५१ पुगेको बताइएको छ ।
बाढीका कारण भवनहरु भत्किएका र विद्युत प्रशारण लाइनमा पनि समस्या आएको छ । सहयोग, उद्धारलगायत बाढी प्रभावित व्यक्तिहरुलाई सुरक्षित स्थानमा सार्नका लागि दक्षिण अफ्रिकी सेनालाई परिचालन गरिएको छ ।









