२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी गाडीमा हनिमुन, को हुन् यी भाइरल जोडी ?



अ+ अ-

काठमाडौं । सरकारी गाडीको दुरुपयोग हुनु नौलो कुरा होइन । बेलाबेलमा श्रीमतीलाई माइत,ब्यूटिपार्लर र छोराछोरीलाई स्कुल,एरपोर्ट पुर्याउन जानु स्वाभाविक नै मानिन्छ । तर यसपटक भने नौलो कुरा नै देख्न पाइयो । यसपटक देखिएको नौलो कुरा बा २ झ १६५० नम्बरको सरकारी गाडी हो ।

माथिको तस्बीरमा देखिएको गाडी सेतो नम्बर प्लेटको छ । गाडीमा खिचिएको उक्त फोटो होर्दा असामन्य देखिन्छ । एक त सरकारी गाडी त्यस गाडीमा दुइ जना युवायुवती फिल्मी शैलीमा पोज । यस फोटोमा यी जोडी बिहेपछि हनिमुन मनाउन गएका जस्तो देखिन्छ । झट्ट फोटोमा हेर्दा युवती चट् परेको लेहंगा र युवा कोट पाइन्टमा सजिएका छन् । यसो हेर्दा पढेलेखेका जस्तो देखिने मानिसले यस्तो व्यवहार देखाएपछि सामाजिक संजालमा फोटो भाइरल बनेको हो ।

सरकारले सार्वजानिक विदाको दिन सरकारी सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाएको छ । सञ्चालन गर्न अतिआवस्यक भएको खण्डमा मात्रै अनुमति लिएर चलाउन पाउने व्यवस्था गरेको छ । तर हनिमुनमा लौजान पाउने व्यवस्था गरेको छैन् ।