
काठमाडौं । नेपालले एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा अष्ट्रेलियासँग भारी गोल अन्तरले पराजित भएको छ ।
म्यानमारको मण्डलेमा मण्डलर थिरी स्टेडियममा भएको खेलमा नेपाल अष्टे«लियासँग ११–१ गोलल अन्तरले पराजित भएको हो । अष्ट्रेलियाको जितमा मेरी फ्लोरले दोहोरो ह्याट्रिक गरिन भने मेलिन्डाज, लेवी, क्यारा कोने क्रोस र साडीनी इभान्सले समान एक एक गोल गरिन । नेपालको लागि उकमात्रै गोल रश्मी कुमारी घिसिङले गरिन् ।
खेलको पाँचौँ मिनेटमा नै अष्ट्रेलियाले नेपालको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै मेरीले टिमका लागि पहिलो गोल गर्न सफल भयो ।
त्यसपछि खेलको नवौं मिनेटमा पेनाल्टीबाट मेरीले नै गोल गर्दै अग्रता २–० मा पुर्याइन् । त्यसको तीन मिनेटमा फेरि अष्ट्रेलियाका लागि मेरीले नै गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गर्दै टिमका लागि तेस्रो गोल गरिन् ।
लगत्तै अष्ट्रेलियाका लागि मेरीले नै चौथो गोल गरिन् । खेलको ३४ औं मिनेटमा मेरीले ब्यक्तिगत पाँचौ गोल गरिन । ३६ औं मिनेटमा मेलिन्डाजले टिममा लागि छैटौं गोल गर्न सफल भइन। पहिलो हाफको अन्तिममा नेपालका लागि रश्मी कुमारी घिसिङले गोल गर्न सफल भइन ।
दोस्रो हाफको सुरूमा नै अष्ट्रेलियाकी मेरीले नै गोल गर्दै दोहोरो ह्याट्रिक पूरा गरिन । ६८ औं मिनेटमा रचेल लेवीले अष्टेलियाको अग्रता ८–१ मा पुरर्याइन् ।
७८ औं मिनेटमा अष्ट्रेलिया सब्स्टिच्युट खेलाडी क्यारा कोने क्रोसले गोल गरिन्। ८५ औं मिनेटमा इन्दापेगी रिलेले अष्ट्रेलियाका लागि १० औं गोल गर्न सफल भइन्। त्यसको अर्को मिनेटमा साडीनी इभान्सले ११ औं गोल गरिन् ।









