६ पुष २०८२, आईतवार
,
Latest
‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएसजीलाई हराउँदै रेनसलाई फ्रेन्च कपको उपाधि,एम्बाप्पेले खाए रेड कार्ड



अ+ अ-

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) हराउँदै रेनसले फ्रेन्च कपको उपाधि जितेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रेनसले पेनाल्टी सुटआउटमा पीएसजीलाई ६–५ ले जित हात पारेको हो ।खेलको १३औं मिनेटमा नै ड्यानी अल्भेसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । खेलको २१ औ मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई दोब्बर अग्रता दिलाए ।

तर खेलको ४० औ मिनेटमा पीएसजीका प्रिन्सेल किम्पेम्बेले आत्मघाति गोल गरेपछि रेनसले २–१ गोलको स्थितिमा ल्याएको थियो । ६६औं मिनेटमा सिटोइले गोल गर्दै २–२ मा ल्याए ।

बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि ३० मिनेटको समय थप गरिएको थियो । यही थप गरिएको समयमा किलियन एम्बाप्पेले रेड कार्ड खादै मैदान छाडेका थिए । थप गरिएको समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीबाट छिनोफानो भएको हो ।