
काठमाडौं । अमेरिकाको एक यहुदी आरधनास्थलमा बन्दुकधारीले गोली चलाउँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
सान डिएगोबाट उत्तरतर्फ रहेको पोवे शहरको यहुदी अरधनास्थलमा बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका हुन् ।गोली चलाएको आरोपमा प्रहरीले १९ वर्षीय एक किशोरलाई पवेबाट समातेको छ ।
यहुदीमाथि किन आक्रमण भयो भन्नेबारे प्रहरीले कुनै तथ्य सार्वजनिक गरेको छैन । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घृणाका कारण अपराध भएको हुनसक्ने बताएका छन् ।









