६ पुष २०८२, आईतवार
,
Latest
‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालका प्रिन्सलाई रजत



अ+ अ-

काठमाडौँ । नेपालका युवा खेलाडी प्रिन्स दाहालले अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रजत पदक जितेका छन् । थाइल्याण्डको राजधानी बैङ्ककमा जारी ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ मा प्रिन्सले ब्वाइज यू–१७ तर्फ रजत जितेका हुन् ।

फाइनलमा प्रिन्स भारतीय खेलाडी गान्धम प्रनव रावसँग २–० सेटले पराजित भए । उनले पहिलो सेट १५–२१ अङ्कले तथा दोस्रो सेट १३–२१ अङकले गुमाएको थिए ।
अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितमा नेपाली खेलाडीले पाएको यो नै अहिलेसम्मको ठूलो सफलता हो ।