१७ भाद्र २०८३, बुधबार
,
Latest
बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छ लाख ७५ हजार सहयोग भोजपुरमा वनबाट नौ करोड ६९ लाख राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सा राष्ट्रिय निकुञ्जमा जनावर मर्ने क्रम बढ्यो



अ+ अ-

वीरगञ्ज । बाराको पथलैयादेखि अमलेखगञ्ज तथा पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अत्याधिक गतिमा सवारीसाधन चलाउँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेका जनावर सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढ्दै गएको छ ।

निकुञ्जभित्र रहेको २० दुर्लभ पाटेबाघमध्ये दुई बाघ दुर्घटनामा मरेपछि अहिले निकुञ्जभित्र १८ पाटेबाघ मात्र रहेको छ ।

सडक दुर्घटनामा चैत महीनामा मात्र पाँच बदेल, चित्तल, बाँदर सवारीसाधनको ठक्करबाट मरेको छ भने वैशाख ५ गते सवारीसाधनको ठक्करबाट एक चित्तल मरेको रेञ्जर प्रकाश पुनले बताए ।

सवारी साधनकै कारणले निकुञ्जभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा पहिचान भएका पाटेबाघ, हात्ती, गैँडालगायतका दुर्लभ वन्यजन्तु र यसको बासस्थानमा नकारात्मक प्रभाव पर्ने गरेको छ ।