१७ भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुर जिल्ला प्रशासनमा खुल्लेआम लुटतन्त्र , नयाँ पासपोर्ट बनाउन पाँच हजार, हराएर पुनः बनाउँदा १० हजार



अ+ अ-

भोजपुर । नेपाल सरकारले अहिले पासपोर्ट बनाउ पाँच हजार तोकेको छ । त्यस्तै एकै दिनमा पासपोर्ट बनाउन १५ हजार रुपैयाँ तिरेर लिन सकिन्छ । तर भोजपुरमा अनौठो किसिमको नियम लगाइएको छ ।

जिल्ला प्रशासन भोजपुरको एउटा भवनमा सूचना टाँसिएको छ । सूचनामा लेखिएको छ नयाँ पासपोर्ट बनाउन पाँच हजार । हो उसले नियम कानुन अनुसार नै पासपोर्टको मूल्य तोकेको छ । तर तेहि सूचनाको तल लेखिएको छ पासपोर्ट हराएर पुनः बनाउँदा १० हजार राजश्व दस्तुर लाग्नेछ ।

यो सूचना देख्दा सेवा लिन जाने जो कोहिको मनमा लाग्न सक्छ नयाँ बनाउदा पाँच हजार तर फेरी हराएर अर्काे बनाउदाँ किन दश हजार ? सरकारले एक दिनमै पासपोर्ट लिन १५ हजारको मूल्य तोकिदिएको छ । तर यसरी हराएर प्रतिलिपि लिदाँ कति दिनमा पासपोट आउँछ साहेद जिल्ला प्रशासन भोजपुरका कर्मचारीलाई नै थाहा नहुँन सक्छ ।