६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिस्ट सरकारको अधिनायकवादी शैलीका कारण जनताले दुःख पाए : डा. महत



अ+ अ-

नुवाकोट । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले कम्युनिस्ट सरकारको अधिनायकवादी शैलीका कारण जनताले दुःख पाइरहेको आरोप लगाएका छन्।

नुवाकोटको पूर्वी भेगमा रहेको तादी गाउँपालिका–३ खरानीटारमा नेपाल महिला संघको संगठन सशक्तिकरण सम्बन्धी अन्तरक्रियामा डा. महतले सरकारको अधिनायकवादी शैली देशमा बढ्दै गएको भन्दै कम्युनिस्टको अधिनायकवादी सोच र तानाशाही प्रवृत्तिका विरुद्धमा सम्पूर्ण पार्टी पंक्ति ऐक्यबद्ध रुपमा परिचालित हुनु जरुरी रहेको बताए ।

मुलुकमा कम्युनिस्ट नेतृत्वको सरकारले निषेध र नियन्त्रणको राजनीति सुरु गरेको भन्दै यो कम्युनिष्ट सरकारबाट देशमा कहिल्यै समृद्धि प्राप्त नहुने उनले बताए । यो सरकारको अधिनायकवादी शैलीका विरुद्ध अब काँग्रेस एक भएर लडने उनले बताए ।