१४ आश्विन २०८१, सोमबार
,
Latest
महासभाको दौरानमा भएका भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा सहयोगी: अमेरिका सर्वोच्चका प्रश्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको संसदीय सुनुवाई प्रक्रिया शुरु दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए धितोपत्र बजार: कारोबार तीन महिनायताकै न्यून पहिराका कारण रोकिएका एक हजारभन्दा बढी गाडी बसपार्कबाट छुट्न थाले विपदको कहर: ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा हानाहान सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छ: मन्त्री दाहाल मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षाको गुणस्तर वृद्धिका लागि सरोकारवालाको चासो आवश्यकः मुख्यमन्त्री पोखरेल



अ+ अ-

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले शिक्षाको गुणस्तर वृद्धिका लागि सरोकारवालाको चासो आवश्यक रहेको बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–११ मानेचौकास्थित त्रिभुवन क्याम्पसको आज २३औँ वार्षिकोत्सव समारोहमा उहाँले सबैको चासो भए मात्रै शिक्षाको गुणस्तरमा सुधार आउने जिकिर गर्नुभयो ।

शिक्षाको गुणस्तर सुधार्न अभिभावक, विद्यार्थी, शिक्षकलगायतको चासो र चिन्तन आवश्यक रहेकामा मुख्यमन्त्री पोखरेलले जोड दिनुभयो । “विद्यालयमा प्राविधिक र गुणस्तरीय शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ”, उहाँले भन्नुभयो । गण्डकीलाई पूर्ण साक्षर घोषणा गरिएको स्पष्ट पार्दै मुख्यमन्त्री पोखरेलले साक्षरताको अनुगमन र कार्यान्वयमा जोड दिइने बताउनुभयो । 

भानु नगरपालिकाका प्रमुख उदयराज गौली, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङलगायतले शिक्षालाई प्राथमिकता राखिएको बताए । सो अवसरमा क्याम्पसले आयोजना गरेको विभिन्न प्रतियोगिताका विजेतालाई मुख्यमन्त्री पोखरेलले पुरस्कृत गर्नुभएको थियो ।