६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीले बैंगलाेरलाइ हरायाे, दिल्ली प्ले अफमा छनाैट



अ+ अ-

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोरलाई १६ रनले हराउँदै दिल्ली क्यापिटल आईपीएलको प्ले अफमा पुगेको छ । समान १६ अंक बनाएकाे सिएसके पनि प्लेअफमा पुगेकाे छ ।

पहिले ब्याटिङ गर्दै दिल्लीले १८७ रन बनाएकाे थियाे । १८८ रनकाे लक्ष्य पछ्याएको बैंग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो । उसका पार्थिव पटेलले ३९ रन बनाए ।

बलिङतर्फ दिल्लीका अमित मिश्रा र कागिसाे रबाडाले २–२ विकेट लिए भने ३ ओभर बलिङ गरेका सन्दीप लामिछानले विना विकेट ३६ रन खर्चिए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले शिखर धवन र कप्तान श्रेयस आयरको अर्धशतकको मद्दतमा २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएकाे थियो । आयर ५२ र धवन ५० रनमा आउट भए ।

अाइतबार नै मुम्बइ इन्डियन्स र काेलकाता नाइट राइडर्सबीच खेल हुँदैछ । टस जितेकाे मुम्बइ इन्डियन्सले फिल्डिङ राेजेकाे छ । घरेलु मैदान काेलकातामा ब्याटिङकाे निम्ताे पाएकाे केकेअारले धुँवाधार ब्याटिङ गरिरहेकाे छ ।

केकेअारले ९.३ अाेभरमा १ विकेट गुमाएर ९६ रन बनाएकाे छ । मुम्बइका राहुल चहरले क्रिस लिनकाे विकेट लिएका छन् ।