६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री श्वेता खड्का अस्पताल भर्ना, ट्युमर रहेको खुलासा



अ+ अ-

काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई अस्पताल भर्ना गरिएको छ । चलचित्र ‘हेलो जीन्दगी’को छायांकनका लागि लण्डन पुगेकी खड्कालाई च्युँडोबाट तल्लो तथा घाँटीको माथिल्लो भागमा ट्यूमर भएपछि अस्पताल भर्ना गरिएको हो ।

परिवार स्रोतका अनुसार अस्पताल भर्ना गरिएपछि उनमा ट्युमर रहेको पत्ता लाग्योको थियो । अहिले उनले भारतको दिल्ली आएर शल्यक्रिया गराएकी छन् ।

अभिनेत्री श्वेताले आफ्नो सामाजिक सञ्जालमा भावनात्मक पोष्ट शेयर गर्दै लेखेकी छिन् लण्डन गएको केही दिनपछि असह्य पीडा भयो । तत्कालका लागि ठूलो समस्या नरहे पनि भविष्यमा यसले गम्भीर अवस्था ल्याउन सक्ने भनेपछि दिल्ली आएर उपचार गराएकी छु । डाक्टरलाई देखाउँदा ह्याकुलोमा ट्युमर रहेको बताए र त्यसलाई हटाउनु पर्ने भने । मैले फेरि एकपटक जीन्दगीको भयानक अवस्थामाथि जित हाँसिल गरेकी छु ।’

अन्त्यमा उनले लेखिकी छिन्, यस घटनाबाट जीन्दगी अनिश्चित रहेछ भन्ने पाठ सिके। ‘हेलो जीन्दगी’ चलचित्र टिमसँग माफी चाहन्छु किनकी मैले काम गर्न सकिन ।