६ पुष २०८२, आईतवार
,
Latest
‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी विद्यालयले शुल्क लिएको भन्दै सर्वोच्चमा रीट दायर



अ+ अ-

काठमाडौं । संविधानले आधारभूत तहसम्मको शिक्षा निशुल्क र अनिवार्य गरे पनि काठमाडौं महानगरपालिकाले अघिल्लै वर्षको शुल्क कार्यान्वयन गर्न निर्देशन दिने गरी पत्र लेखेको भन्दै सर्वोच्च अदालतमा रीट दायर गरिएको छ ।

महानगरपालिकाको सो निर्णयविरुद्ध काफ्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौं महानगरपालिकालाई विपक्षी बनाई नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले रीट दायर गरेका हुन् ।

रीटमा शुल्क लिँदा संविधानप्रदत्त नेपाली नागरिकको निशुल्क शिक्षा पाउने हकबाट विमुख हुनेभन्दै उनले काठमाडौंका निजी विद्यालयले शुल्क लिन नपाउने गरी अन्तरिम आदेश जारी गर्न माग गरेका हुन् ।

रीटको पेशी वैशाख २० गतेका लागि तोकिएको छ ।