२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

झाडापखाला प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स



अ+ अ-

काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागले गुल्मीको मुसिकोट नगरपालिकामा पानी शुद्धिकरणका लागि वाटर एम्बुलेस पठाएको छ । फोहर खानेपानीका कारण झाडा पखालाले प्रभावित भएको गुल्मीको मुसिकोट नगरपालिकामा आज वाटर एम्बुलेन्स पठाएको हो ।

मुसिकोट नगरपालिका–४ स्थित दजाकोट क्षेत्रमा पानी शुद्धीकरण जाँच गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात वाटर एम्बुलेन्स पठाएको हो ।

पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्युब र ब्लिचिङ पाउडरलगायतका सामाग्री बोकेर विभागको विज्ञ टोली दजाकोट गएको छ । स्थलगत रुपमै पानीको गुणस्तर परीक्षण गरी पिउन हुने या नहुने भन्ने तथ्य उक्त वाटर एम्बुलेन्सबाट पत्ता लाग्ने छ ।