कैलाली । कैलालीमा मंगलबार बिहान ट्रकले ठक्कर दिँदा एक महिलाको ज्यान गएपछि दोषीमाथि कारबाही र मृतकको परिवारलाई क्षतिपूर्तिको माग राख्दै स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।
ना ७ ख ९२३३ न को ट्रकको ठक्करबाट स्थानीय सुनीता रावलको ज्यान गएपछि आक्रोसित बनेका स्थानीय प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनकारीले ठक्कर दिने ट्रक नियन्त्रणमा लिएर तोडफोडसमेत गरेका छन् । प्रदर्शनले अहिले लम्की बजार तनावग्रस्त बनेको छ ।