६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अछाममा जग खन्ने क्रममा १९ तोला सुन भेटियो



अ+ अ-

अछाम । साँफेबगर नगरपालिका–२ जाल्पादेवी श्रीकोटमा सुन र चाँदी भेटिएको छ ।

त्रिपुरा बहुमुखी क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा १९ तोला ८९ लाल सुन र १ सय ३२ तोला ७३ लाल चाँदी फेला पारेको प्रहरीले जनाएको छ।

फेला पारेको सुनचाँदी इलाका प्रहरी कार्यालय साँफेबगरमा राखिएको छ।

बिस १४०९मा डोटीलाई राजा निरय पालले स्वतन्त्र घोषणा गरेपछि उनको प्रभावलाई नष्ट पार्न र सिंजाको पकडमा डोटीलाई पार्न सूर्य मल्ल श्रीकोटमा दरबार बनाएर बस्न थालेपछि त्यस बेला सो ठाउँलाई सूर्यकोट दरबार भन्न थालिएको स्थानीयले बताए।पछि गएर स्थानीयले श्रीकोट भन्न थालेको जानकारहरु बताउँछन्।