६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीको गुनासोलाई यसै महीनामा सम्बोधन गरिने, महिलालाई बिशेष प्राथमिकतामा राखिने



अ+ अ-

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजन गरिएका कर्मचारीको गुनासोलाई यही महीनाभित्र सम्बोधन गर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा उनले यही महीनाभित्र गुनासो व्यवस्थापन समितिले समायोजन गरिएका कर्मचारीका सबै गुनासो सम्बोधन गर्ने बताए ।

“प्रशासनिकबाहेक अन्य सेवा समूहका गुनासोलाई एक÷एक गरेर अध्ययन गर्ने कार्य भइरहेको छ”, उनले भने, “कर्मचारी समायोजन ऐनअनुसार नै मिल्ने गरी आएका गुनासोलाई सम्बोधन गरिनेछ ।”

सरकारले गत चैत १४ गते सङ्घ, प्रदेश र स्थानीय तहमा करीब एक लाख ३१ कर्मचारी समायोजन गरेको थियो । उक्त समायोजनप्रति असन्तुष्टि जनाउँदै करीब २० हजार कर्मचारीले पुनरावलोकनका लागि गुनासो व्यवस्थापन समितिमा निवेदन दर्ता गराएका छन् ।

उनका अनुसार काम गरिरहेका ठाउँभन्दा धेरै टाढा कर्मचारी समायोजन गरिएका, श्रीमान् श्रीमती फरक ठाउँमा परेका, शारीरिक अपाङ्गता भएका, कडा रोग लागेका कर्मचारीका हकमा निवेदनका आधारमा पुनः समायोजन गरिनेछ । गुनासोमध्ये महिलालाई प्राथमिकतामा राखिने जानकारी गराए।