१७ भाद्र २०८३, बुधबार
,
Latest
प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः… सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद बैठक भने जारी कृष्णभिरमा यही महिनाभित्रै सडक सञ्चालन गरिन्छः प्रधानमन्त्री यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरे के हुँदैन ?, खुवा बेचेर दश करोडको सम्पत्ति



अ+ अ-

चितवन । एउटै काम मिहेनतका साथ निरन्तर गरिरह्यो भने सफल भइन्छ भन्ने उदाहरण मकवानपुरको चुच्चे खोलाका एक खुवा व्यापारीले देखाएका छन्

विसं २०४० मा २० वर्षको उमेरदेखि खुवा बेच्दै आउनु भएका ५५ वर्षीय रघुनाथ तिमिल्सीनाले खुवाकै व्यापारबाट अहिले रु १० करोड बराबरको सम्पत्ति जोड्नुभएको छ ।

मकवानपुर उपमहानगरपालिका–१७ चुच्चे खोलामा ३६ वर्षअघि एउटा चियादानी र चारवटा गिलासबाट व्यवसाय शुरु गर्नुभएका उहाँले दोस्रो वर्षदेखि दूधको खुवा घोट्न शुरु गर्नुभयो । रघुनाथले भन्नुभयो, “म काभ्रेको ढुङखर्कबाट रु चार सय बाटो खर्च बोकेर यहाँ आएको हूँ ।” मकवानपुरको पहाडी क्षेत्रका १४ गाविसका मानिस हिँडेर र घोडा चढेर त्यहाँ आउने खाजा खाने गर्छन्, शुरुमा तीनैलाई खाजा खुवाउँदै गर्दा एक किलो, आधा किलो खुवा बिक्ने गरेको उहाँले बताउनुभयो ।

खुवाको प्रचार हुँदै जाँदा अहिले राजधानी काठमाडौँ, चितवन, कास्की, धनुषालगायत ठाउँमा खुवा पुग्ने गरेको जानकारी दिँदै रघुनाथले भन्नुभयो “अहिले त विदेशी पनि आउँछन्, सुदूरपश्चिम बाहेक देशैभरी हाम्रो खुवा पुगेको छ ।” दैनिक एक सय किलोसम्म खुवा बेच्ने गरेको बताउँदै उहाँले घरका सबै यही पेशामा होमिएको छन् भन्नुभयो ।

यही पेशाबाट कति कमाउनुभयो भन्ने प्रश्नमा रघुनाथले भन्नुभयो “बजारमा तीन वटा घडेरी र एक बिघा खेत किनेको छु । दुई छोराछोरी पढाएको छु यो सम्पत्ती जोड्न अहिले रु १० करोड चाहिन्छ ” गर्मी मौसममा आगोको राफसँगै कराइको दूध घोट्दा एक किलोमा रु एक सय हाराहारी बच्ने र दैनिक व्यापार एक नासको नभए पनि महीनामा रु एक लाख हाराहारी बचाउन सकिने बताउनुभयो । प्रतिकिलो रु पाँच सयमा खुवा बेच्दै आउनुभएका तिमिल्सिनाले गुदपाक र दूध पनि बेच्दै आउनुभएको छ ।




भर्खरै