१४ असार २०८३, आईतवार
,
Latest
ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित मदन भण्डारीको जन्मजयन्तीको अवसरमा एउटै मञ्चमा ओली–प्रचण्ड–नेपाल प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित करको दर घटाएर राजश्व बढाउने अर्थमन्त्री डा. वाग्लेको योजनाः ‘लाफर कर्व’ को सिद्धान्तलाई आधार बनाइने आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ सय ८ आमालाई चाँदीको औंठी उपहारसहित सम्मान



अ+ अ-

हेटौंडा । मातातीर्थ औंशीको अवसर पारेर मकवानपुरमा १ सय ८ आमालाई चाँदीको औंठी उपहारसहित सम्मान गरिएको छ । मनहरी गाउँपालिका–८ स्थित आमाघर आश्रमले आमाहरुलाई सम्मान गरेको हो ।

आश्रमले उपलब्ध गराएको उपहारमा कागिँयो, कपालमा लगाउने तेल, लोसन, पाउडर, नेलकटर, लिपगार्ड, टीका, कपालमा लगाउने काँटा, रुमाल, तौलिया, छाता, थर्मस, पानीको बोतल, मोजा, पर्स, ब्रस, साडी, चाँदीको औंठी, कम्बल, गुलाबको फूल, उपहार राख्ने ब्याग, अभिनन्दनपत्र लगायत सामग्री राखिएको किटबक्स थियो । शृंगारपटार गरिएका आमाहरुलाई मञ्चमा राखी सम्मान गरिएको थियो ।

सम्मान समारोहमा प्रदेश–३ प्रमुख अनुराधा कोइरालाले आमा भगवान्को रुप भएको बताउनुभयो । उहाँले सन्तानका समस्या समाधानमा आमाको भूमिका हुने भन्दै आमा र भगवान् एकै भएको रुपमा ब्याख्या गर्नुभयो । यो खबर आजको नेपाल समाचापत्रले छापेको छ ।