१४ असार २०८३, आईतवार
,
Latest
मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद छः माधवकुमार नेपाल झलनाथ खनालको प्रश्न: महाकाली सन्धीले हामीलाई के दियो ? कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द अनाडीहरूबाट संविधान संशोधन हुन सक्दैन: पूर्वप्रधानमन्त्री खनाल पाँच वर्षे दीर्घकालीन सोचसहित मौद्रिक नीति ल्याउनुपर्छ: पूर्वसचिव अर्याल वाम एकता भएको भए १०० सिट जित्थ्यौं, आजको सत्ता समीकरण नै फरक हुन्थ्योः झलनाथ खनाल झलनाथको प्रस्तावः अब वाम एकतालाई दीर्घकालीन बनाऔँ मदन–आश्रितको हत्या योजनाबद्ध थियो, सत्य अझै बाहिर आएन : झलनाथ खनाल यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं.५ को नाम ‘लुम्बिनी’ राख्न सिफारिस



अ+ अ-

बुटवल । प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्न सिफारिस भएको छ । प्रदेश सभामा प्रदेशको नाम र स्थायी राजधानी सिफारिश गर्न बनेको विशेष समिति मातहतको उपसमितिले त्यस्तो सिफारिश सहितको प्रतिवेदन मूल समितिलाई बुझाएको हो ।

शनिबार बसेकोे बैठकले प्रदेशका १२ वटै जिल्लाबाट संकलन भएका सुझावका आधारमा प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदन आइतबार बिहान बस्ने मुल समितिको बैठकले अन्तिम रुप दिनेछ ।

बिशेष समितिका सदस्य बिष्णु पन्थीका अनुसार उपसमितिका जेष्ठ सदस्य बाबुराम गौतमले सुझावसहितको प्रतिवेदन मूल समितिका सभापति दीपेन्द्रकुमार पुन मगरलाई हस्तान्तरण गर्नु भएको थियो । उक्त प्रतिवेदनमा प्रदेशको नामका लागि यौटा मात्र नाम लुम्बिनी सिफारिस गरिएको छ ।

सुझाव संकलनका क्रममा आएका सुझाव अनुसार बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहट लगायतका नामहरू पनि सूचीमा राखिएका थिए । तर बैठकमा लुम्बिनीबारे सहमति भयो । यो खबर आजको गोरखापत्र दैनिकले छपेको छ ।