५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्सहरु भन्छन् : स्वास्थ्य मन्त्रालयले नै ज्यादती र दमन गरे, गालीगलौच र धम्की दिए



अ+ अ-

काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुले जायज माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा समेत प्रहरी प्रशासनले धरपकड, ज्यादती र दुव्र्यवहार गरेको भन्दै नर्सहरुले गम्भिर आपत्ति जनाएका छन् । अस्पताल प्रशासनले गरेको ठूलो विभेदकारी व्यवहारको विरुद्धमा आन्दोलन गर्दा प्रहरी प्रशासन लगाएर पक्राउ गरेको भन्दै उनीहरुले उक्त कदमको घोर निन्दा गरेका हुन् ।

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मानव अंग प्रत्यारोपन केन्द्रले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त अस्पतालमा कार्यरत र हाल आन्दोलनरत नर्सहरुले आन्दोलनकै क्रममा प्रहरी प्रशासनले हिजो (शुक्रबार) साँझ स्वास्थ्य मन्त्रालय हाताभित्रैबाट आफूहरुलाई पक्राउ गरेको भन्दै कडा भत्र्सना गरेका हुन् ।

अस्पतालका करिब दुई सय जना कर्मचारीको भविष्यमाथि नै खेलबाड गर्नेगरि पूर्ण स्थायी विज्ञापन गरिएको र स्थापनाकालदेखि कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई घोर अन्याय हुनेगरि सूचना निकालिएकोप्रति असन्तुष्टि जनाउँदै आफूहरु बैशाख ११ गतेबाट पुर्व सूचनासहित चरणबद्ध आन्दोलनमा उत्रिएको उनीहरुले जानकारी दिए ।

यद्धपी आफूहरुले सुरुवातमा आकस्मिक सेवाबाहेक अन्य सेवाहरु बन्द गरेर अघि बढेको भएपनि अस्प्ताल प्रशासनले मन्त्रालयमा आफ्ना प्रतिनिधि पठाई कर्मचारीहरुमाथि कुनैपनि पूर्वाग्रह नराख्ने आश्वास दिईएको पनि उनीहरुको भनाई छ । त्यस्तै, कोहीपनि कर्मचारीलाई अन्याय हुनेगरि खाईरहेको जागिरबाट ननिकाल्ने भनि मौखिक रुपमा अस्पतालको सञ्चालक समितिका अध्यक्षले विश्वास दिलाएकै कारण आफूहरुले सेवा सुचारु गरेको उनीहरुको स्पष्टोक्ति थियो ।

तर, माग पूरा नभएसम्म आन्दोलन जारी रहेको सुचना दिईएको पनि उनीहरुको दाबी छ । पटक–पटक वार्ता भन्दै कर्मचारीहरुलाई न्यायोचित निर्णयमा नपुर्याउने र एकतन्त्रीय शासन लगाएर सबै कर्मचारी विस्थापित गराउने अस्पतालको सोच देखिएकोले आफूहरु पूनः चरणबद्ध आन्दोलनमा उत्रिएको पनि उनीहरुले सुनाए ।

आफ्नै स्टाफहरुलाई अमर्यादित तवरले गालीगलौच गर्ने र धम्की दिने तथा स्वास्थ्य मन्त्रालयमा गरिएको दुव्र्यवहार र प्रहरी दलबलको प्रयोगले आफूहरुमाथि अत्यचार भएको भन्दै उनीहरुले घोर भत्र्सना समेत गरे ।