५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो सरकार भन्नु ‘बेलायती महारानी’को शैली : सभापति देउवा



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले मेरो सरकार भन्नु बेलायती महारानीको शैली भएको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा सुरु भएको छलफलमा भाग लिँदै विपक्षी दलका नेता शेरबहादुर देउवाले यस्तो शैली लोकतान्त्रिक गणतन्त्रका लागि शुभसंकेत नभएको बताए ।

सभापति देउवाले भने, ‘बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर थप विवादमा पारेको छ । यो लोकतान्त्रिक गणतन्त्रका लागि शुभसंकेत होइन ।’