५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ल्याएको नीति तथा कार्यक्रम निद्रामा भाङ खाएर लेखे : महतो



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सरकारले ल्याएको नीति तथा कार्यक्रम निद्रामा भाङ खाएर लेखेको आरोप लगाएका छन् ।

आइतबार नीति तथा कार्यक्रममाथि छलफलका क्रममा महतोले भने, ‘जनतालाई गुमराह गर्ने खालको कार्यक्रम भाङ खाएर लेखेर सफेद झुटको माध्यमबाट जनताको अधिकारमाथि दिनदाहाडै डकैती गरे ।’

महतोले नीति तथा कार्यक्रम ७ नम्बर बुदामाथि संशोधन हालेको बताए ।उनले प्रश्न गरे–‘कहिलेदेखि संविधानमा विमती छैन ? कसरी लेख्यो यो नीति तथा कार्यक्रम ? आधा निद्रामा लेखेको हो कि कसो ?