५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुवातास खेलिरहेको अवस्थामा नगदसहित ६ जना पक्राउ



अ+ अ-

काभ्रे । बनेपा नगरपालिका–६ रातोमाटेस्थित ज्ञान बहादुर लामाको घरबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगदसहित ६ जनालाई पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका उनीहरुलाई ७३ हजार ८ सय रुपैयाँसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १ बुक तास र १६ थान कौडासहित प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।