१४ असार २०८३, आईतवार
,
Latest
कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली संसदलाई समस्या समाधानको थलो बनाउन र परिणाममुखी बहस गर्न सांसद रेग्मीको माग लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनको लागि नेपाली काँग्रेस फुटाइयो, अब एमालेमा हात हाल्न खोजिँदैछः ओली केही कमजोरीहरू भए आत्मसमीक्षा गरौँला, तर देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत होः अध्यक्ष ओली हामीले असाधारण काम गरेका छौँ, एमालेका नीतिहरू एकदमै सही छन्ः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

समायोजनप्रति १२ हजार कर्मचारी किन असन्तुष्ट ?



अ+ अ-

काठमाडौं । सरकारले गरेको कर्मचारी समायोजनप्रति कर्मचारीको ठूलो हिस्सा असन्तुष्ट भएको छ । करिब १२ हजार कर्मचारीले समायोजनबाट आफूलाई मर्का परेको भन्दै गुनासो भरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । १४ चैतमा समायोजन सकिएको थियो ।

समायोजनमा असन्तुष्टलाई मन्त्रालयले २० चैतसम्म गुनासो भर्ने मौका दिएको थियो । अधिकांश कर्मचारीले फाजिलमा परेको, घरपायक नपरेको, ज्येष्ठता नमिलेकोलगायत गुनासा गरेका छन् । दर्ता भएका गुनासा केलाएर हेरिरहेको मन्त्रालयले जनाएको छ । कतिपय कर्मचारीले दोहोर्याएर गुनासो गरेको मन्त्रालयको भनाइ छ ।

करिब आधा हिस्सा गुनासोको सुनुवाइ टुंग्याइसकेको मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले जानकारी दिए । समायोजनले संघमा झन्डै ४८ हजार कर्मचारीको दरबन्दी कायम गरेको थियो । संघमा कर्मचारीको संख्या बढी भएपछि सरकारले दरबन्दी कटौती गर्ने जनाइसकेको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ ।