१४ असार २०८३, आईतवार
,
Latest
भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमान वा श्रीमतीबीच भएका जुनसुकै कुरा प्रमाण नहुने



अ+ अ-

काठमाडौँ । पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाणका रूपमा लिन नमिल्ने भएको छ। तर, पति वा पत्नीले स्वीकृति दिएमा भने त्यसलाई प्रकट गर्न वा प्रस्तुत गर्न मिल्नेछ ।

मूल ऐनको दफा ४१ मा यस्तो प्रावधान राखिएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय संसद् सचिवालयमा दर्ता गरेको प्रमाण ऐन–२०३१ लाई संशोधन गर्न बनेको विधेयकमा यस्ता केही विषय सच्याइएको छ ।

कानुनमन्त्री भानुभक्त ढकालले श्रव्य–दृश्य माध्यमबाट विद्युतीय अभिलेखमा उल्लेख भएका कुराहरू प्रमाणमा लिने तथा अदालतले श्रव्य–दृश्य संवादमार्फत मौखिक प्रमाण बुझ्न सक्नेलगायतका विषय समावेश गरी प्रमाण कानुनलाई समसामयिक बनाउन प्रमाण ऐन–२०३१ लाई संशोधन गर्न बनेको उक्त विधेयक ल्याइएको हो ।

२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता तथा मुलकी देवानी संहितामा गरिएको व्यवस्थामा एकरूपता ल्याउन तथा विज्ञान र प्रविधिको क्षेत्रमा भएको विकाससँगै प्रमाणका स्वरूपमा परिवर्तन भएकाले नयाँ विधेयक ल्याइएको मन्त्रालयले जनाएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।