१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा एउटै बोकाको भाउ ४ लाख ६५ हजार



अ+ अ-

काठमाडौं । धेरै नेपालीले बाख्रा पाल्छन्। बाख्राको मूल्य कति पर्छ भन्ने मोटामोटी अनुमान सबैलाई हुन्छ। तर, झापाको एक गाउँमा बाख्राको पाठाकै मूल्य पनि गाईभैँसी वा घोडाको भन्दा वढी छ भन्दा पत्याउन गोह्रो पर्छ।

झापा हल्दिबारी गाउँपालिका–१ गोलधापका गणेश पराजुलीले एउटा बाख्राको पाठा चार लाख रुपैयाँसम्ममा बिक्री गर्छन् । बोयर जातको बाख्रा पाल्दै आएका पराजुलीले ३ लाख देखि ४ लाख ६५ हजार रुपैयाँसम्ममा बाख्राको पाठा बिक्री गर्दै आएको छन्। ‘प्रगति बोयर बाख्रा फर्म’ सञ्चालक पराजुलीले अहिले बोयर जातका १६४ वटा बाख्रा पालेका छन्।

सानाठूला सबै हिसाब गर्दा फर्ममा दुई करोड बढीका बाख्रा रहेको पराजुलीले बताए। पाँच वर्षअघिदेखि सञ्चालन गरिएको फर्ममा १ करोड ५५ लाख रुपैयाँ लगानी भएको पराजुलीकी श्रीमती कल्पनाले बताइन्। बैंकबाट २७ लाख ३५ हजार रुपैयाँ ऋण लिएर फर्म सञ्चालन गरेका कल्पनाको भनाइ छ। यो समाचार आजको कारोबार दैनिकमा छ।