१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमा र दिदी पर्खिरहेकी स्वस्तिका…



अ+ अ-

काठमाडौं । गजुरी गाउँपालिका–५ गलौंदीकी ४ वर्षीया स्वस्तिका पन्त आमा र दिदीसँगै काठमाडौं जान बिहान ६ बजे गाडी चढिन्। १५ मिनेट बित्न नपाउँदै उनीहरू चढेको बस वडा नम्बर ६ को बन्छेटारमा पुगेर दुर्घटना भयो। दुर्घटनामा नौ जनाको मृत्यु भएको छ। आमा अनिता पन्त ९परियार० र दिदी अस्मिता परियार गम्भीर घाइते भए पनि उछिट्टिएकी स्वस्तिका भाग्यबश सकुशल बाँचिन्।

३ ठाउँमा ठोक्किँदै बस त्रिशूलीमा खसे पनि स्वस्तिका भने भीरको बीचमा अड्किइन्। उद्धारकर्ताले बस खसेको भीरबाट स्वस्तिकालाई सडकमा ल्याएका थिए। उनको शरीरमा कुनै पनि चोट नदेखिए पनि कसैसँग बोल्न सकेकी थिइनन्।

अस्पतालमा सोधीखोजी गर्न जाने जोसुकैलाई एकोहोरो हेरिरहने उनले केही भन्न नसके पनि उनको आँखाको भावले नै आमा र दिदीलाई खोजिरहेको थाहा पाइन्छ। अस्पतालमा सामान्य परीक्षणपछि उनीहरू बस्ने घरबेटीले स्वस्तिकालाई अस्पतालबाट जिम्मा लिएर गएका छन्।

गजुरी अस्पताल प्रमुख राम कार्कीका अनुसार स्वस्तिकाकी आमा र दिदी घाइते भए पनि खतरामुक्त रहेकाले थप उपचारका लागि काठमाडौं रिफर गरिएको बताए।, समाचार अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।