१५ असार २०८३, सोमबार
,
Latest
नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री बाँस्कोटाले पत्रकारलाई पार्टी कार्यालय बोलाएर के भने ?



अ+ अ-

काठमाडौं । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिडिया काउन्सिल विधेयक संशोधन गर्न सकिने बताएका छन्। पार्टीनिकट अगुवा पत्रकारसँग पार्टी कार्यालय धुम्बाराहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री बाँस्कोटाले विधेयकमा रहेको दण्ड जरिवानालगायत विषय संशोधन गरेर जान सकिने धारणा राखेका हुन्।

‘मिडिया काउन्सिल विधेयक अध्ययन गरेर नै ल्याइएको छ, तत्कालीन प्रेस चौतारीले उठाएका विषय समेटिएको छ। विधेयकको मस्यौदा पत्रकार महासंघका अध्यक्ष, संघ/संगठनका अध्यक्ष पनि समेटिएको कार्यदलले नै बनाएको हो। त्यहीअनुसार आएको छ’, उनले भने, ‘दण्ड जरिवानाको विषयमा सच्याएर जान सकिन्छ, तपाईंहरूको सुझाव पाऊँ।’

नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, स्थायी समिति सदस्यहरू पम्फा भुषाल र योगेश भट्टराईसमेत उपस्थित कार्यक्रममा नेकपा निकट प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल, चौतारीका पूर्वअध्यक्षहरू शम्भु श्रेष्ठ, प्रमोद दाहाल, गगन विष्ट लगायत उपस्थिति रहेको खबर अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।