२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तापक्षकै सांसद संसद भवनमै असुरक्षित, ज्यान जोगाईदिन माग



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसदले संसद भवनमै आफु असुरक्षित भएको बताएका छन् । आईतबार खगराज अधिकारीले प्रतिनिधिसभा बैठक हलमा आफू चार पटक लडेको भन्दै ‘ज्यान जोगाइदिन’ सभामुखको ध्यानाकर्षण गरेका छन् ।

प्रतिनिधिसभाको बैठकको सुृरुमा उनले आफ्नो भाँचिएको कुर्ची देखाउँदै चार पटक लडिसकेको सभामुख कृष्णबहादुर महरालाई जानकारी गराए ।

सभामुख महोदय चार पटक भइसक्यो म यहाँबाट लडेको’ उनले भाँचिएको कुर्चीको टुक्रा देखाउँदै भने ‘अहिलेसम्म दुर्घटना भएको छैन, बचिएको छ । तर कति पटक भन्नु पर्ने हो ? संसद सचिवालयले आगामी दिनमा यस्ता कुर्ची नराखियोस् यो त धराप भयो ।’

सांसद अधिकारीले यो विषय गम्भीर आपत्तिको विषय भन्दै भने ‘ज्यान जोगाई पाउँ भन्न पर्ने अवस्था आयो ।’ सभामुख कृष्णबहादुर महराले उक्त विषयमा गम्भीर रुपले ध्यानाकर्षण भएको बताए ।