२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभापति निधि डेनमार्क प्रस्थान



अ+ अ-

काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि डेनमार्कमा हुने संसदीय निर्वाचनको पर्यवेक्षणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।

डेनिस इन्स्टिच्यूट फर पार्टीज एण्ड डेमोक्रेसी (डीआइपीडी) को निम्तोमा उपसभापति निधि कोपनहेगन प्रस्थान गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । भ्रमणका क्रममा यही जुन ४ मा हुने निर्वाचनको अघिल्लो दिन स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यस क्रममा उहाँले त्यहाँका मतदाता, युवा, महिलालगायतका समूहसँग भेटेर कुराकानी गर्नुहुनेछ ।

निर्वाचनको दिन मतदानस्थलमा पुगेर अवलोकन गर्ने कार्यक्रम रहेको र त्यसको भोलिपल्ट राजनीतिक दलका नेतासँग अन्तक्र्रिया गर्नुहुने सचिवालयले जनाएको छ । डेनमार्क बाहिर डीआइपीडीको नेपाल पहिलो सदस्य मुलुक हो ।

जसलाई सन् २०१० मे २६ मा त्यहाँको संसद्ले मान्यता दिएको थियो । त्यसपछि नेपालको संसद्ले सन् २०१२ मा विभिन्न राजनीतिक दलको प्रतिनिधित्वसहित सहकार्यका लागि संयुक्त संयन्त्र गठन गरेको थियो ।