२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको पानी काठमाडौं नआउने, डेढ वर्ष पछि धकेलियो



अ+ अ-

काठमाडौं । आगामी एक वर्ष्भित्र पनि मेलम्चीको पानी काठमाडौं नआउने निश्चित भएको छ । आयोजनाको बाँकी काम पूरा गर्न मेलम्ची विकास समितिले १५ महिनाको समयसीमा तोकेर टेन्डर आह्वान गरेकाले सरकारको लक्ष्य पूरा नहुने भएको हो ।

समितिले हेडबक्स निर्माणका १५ महिना र सुरुङ निर्माणका लागि १२ महिनाको समयसीमा तोकेको छ । गत ६ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले आयोजनाको बाँकी काम तत्कालै अघि बढाउने निर्णय गरेपछि समितिले टेन्डर आह्वान गरेको हो ।

सरकारले आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रममा चालू आर्थिक वर्ष्भित्र मेलम्चीको पानी काठमाडौं ल्याउने लक्ष्य राखेको छ । सोही लक्ष्यअनुरूप सरकारले सात अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

‘टेन्डर प्रक्रिया अघि बढेको छ । राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय कम्पनीले प्रतिस्पर्धामा भाग लिन पाउनेछन्,’ आयोजना प्रमुख सूर्यराज कँडेलले भने, ‘कम्पनी छनोटका लागि एकदेखि डेढ महिना लाग्छ । कम्पनी छनोट हुनेबित्तिकै काम सुरु गर्ने तयारी छ ।’ काम सुरु हुन थप एक महिना लागेमा आगामी आर्थिक वर्षमा काम सकिने सम्भावना न्यून छ ।

त्यसमाथि निर्माण व्यवसायी अहिले आन्दोलनमा छन् । निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली संशोधन गरिएको भन्दै सरकारी ठेक्का प्रक्रियामा भाग नलिने घोषणा गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।