२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अतिक्रमण भएको जग्गा फिर्ता गर्दै महानगर



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरको ३२ वटै वडाले अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउन थालेका छन् । महानगरका वडाहरूले एक सय ४६ रोपनी जग्गा फिर्ता ल्याइसकेका छन् । सबैभन्दा बढी वडा ३ ले ६४ रोपनी ८ पैसा अतिक्रमित जग्गा सरकार मातहत ल्याएको छ ।

वडाले सुकुमबासी बस्ती रहेको १६ रोपनी जग्गा पहिचान गरी उनीहरूलाई हटाउने काम पनि सुरु गर्न लागेको छ । यी जग्गा सरकारमातहत ल्याउन तयारी थालिएको वडाध्यक्ष दीपक केसीले बताए ।

त्यस्तै, एक सय ३६ रोपनी अव्यवस्थित सरकारी जग्गा पहिचान गरी त्यसमा व्यवस्थित पार्कसमेत बनाइसकेको छ । वडा ३ मा काठमाडौं अस्पतालले ओगटेको ६ आना, बाँसबारीमा रहेको विश्वहिन्दू महासंघले मिचेको २४ रोपनी १२ आना, गायत्री परिवार नामक संस्था रहेको बाँसबारीस्थित ४२ आना सार्वजनिक गरिसकेको छ । वडा ४ ले पनि विभिन्न व्यक्ति र संस्थाले हडपेको ६० रोपनी जग्गा महानगरमातहत ल्याएको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।