२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहाँ हरायो पशुपतिनाथ मन्दिरको २३२ रोपनी जग्गा ?



अ+ अ-

काठमाडौं । पशुपतिनाथ क्षेत्रको २३२ रोपनी जग्गाको अवस्थाबारे जानकारी नरहेको पाइएको छ । सरकारले गठन गरेको पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिले १० महिना लामो अध्ययनपछि तयार पारेको प्रतिवेदनमा पशुपति क्षेत्र विकास कोषअन्र्तगत रहेको २३१ रोपनी १० आना एक दाम साबिक दर्ता प्रमाणित हुन बाँकी रहेको उल्लेख छ ।

कोषका कोषाध्यक्ष मिलनकुमार थापाको संयोजकत्वमा बनेको समितिले पशुपतिनाथको स्वामित्वमा रहेको झन्डै ५ हजार ८० रोपनी जग्गामध्ये २३२ रोपनी जग्गाको लागत दर्ता प्रमाणित हुन बाँकी रहेकाले सो जग्गाको अवस्था थाहा हुन नसकेको हो ।

कोषका सदस्य सचिव डा. प्रदिप ढकालले छानबिनका क्रममा सो जग्गा पशुपतिनाथको नाममा रहेको पाइए तापनि जग्गा कहाँ छ भन्ने जानकारी नरहेको र साबिक लगतको दर्ता प्रमाणित हुन बाँकी रहेको बताए ।

समितिले सरकारले गठन गरेको उच्चस्तरीय भूमि आयोगबाट हराएको जग्गा खोजी गर्नुपर्ने आवश्यकता रहेको समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।