२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओखलढुंगाको चम्पादेबी गाउँपालिकामा एक व्यक्तिको शङ्कास्पद शव फेला



अ+ अ-

ओखलढुंगा । ओखलढुंगाको चम्पादेबी गाउँपालिका दुई ओदेखोलामा एक व्यक्तिको शङ्कास्पद शव फेला परेको छ ।

भिरमुनिको खोल्सामा फेला परेको मृत शव चम्पादेबी गाउँपालिका ७ का ४६ वर्षीय रुद्र बहादुर थापाको रहको प्रहरीले जनाएको छ ।

बुधबार राति भिरबाट लडेर उनको मृत्यु भएको भनिएपनि घटनाको प्रकृति हेर्दा शङ्कास्पद रहेको प्रहरीको भनाई छ । थापासँगै हिँडेका चम्पादेबी गाउँपालिका ३ का २८ वर्षीय दीपक बुढाथोकी भने घाइते अवस्थामा फेला परेका छन् ।

बुढाथोकी उपचार काठमाडौंमा भइरहेको छ । मृतक थापा र बुढाथोकी नाताले मामा भान्जा हुन् । उनीहरू दुबै जना खसी व्यापारी हुन् ।

काठमाडौंबाट आउँदै गर्दा रात परेपछि उनीहरू नवलपुरको होम कुमारीको होटेलमासँगै बास बरेका थिए । तर उनीहरू राति नै होटेल छोडेर भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख पुष्पराज मल्लले घाइते भएका बुढाथोकी प्रहरी हिरासतमा रहेको र घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।