२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट बाँदर लखेट्ने काममा



अ+ अ-

काठमाडौं । पाल्पाका १० स्थानीय तहमध्ये रिब्दिकोट र रम्भा गाउँपालिकाले मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेका छन्। बगनासकाली गाउँपालिकाले तयारीसमेत गरेको छैन। रोजगार संयोजक कामना पराजुली व्यक्तिगत कामले कार्यालय नआएपछि काम अघि वढ्न नसकेको गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले बताए।

‘हाम्रो गाउँमा बाँदर धेरै छन्, किसानलाई हैरान पारेका छन्, प्रधानमन्त्री रोजगार कार्यक्रममा आएको रकम बाँदर लखेट्ने काम गराउने योजना छ,’ उनले भने। माथगढी गाउँपालिकाले वडैपिच्छे दुई दुई लाख बाँडे पनि हालसम्म वडा नं. ८ ले मात्रै काम सुरु गरेको छ।

तिनाउ गाउँपालिकाले बाँडेको बजेटअनुसार कार्यक्रम सुरु भए नभएको जानकारीसमेत लिएको छैन। ‘रकम दिएको हो। वडाध्यक्षहरुले के गरेका छन् बुझ्नुपर्छ,’ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती भन्छन्, ‘दालचिनी र अम्रिसो रोप्ने भन्ने निर्णय भएको थियो।’, समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।