२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरीलाई करणी गर्न खोजेको आरोपमा मन्त्रालयका उपसचिव पक्राउ



अ+ अ-

ललितपुर । आफ्नै छोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार यादवलाई सोमबार पक्राउ गरेको हो ।


किशोरीले गत जेठ १९ गते बाबुले आफूलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि यादवलाई घरबाटै पक्राउ गरिएको एसएसपी धानुकले पुष्टि गरे ।

महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले १८ वर्षीया छोरीलाई विगत ३/४ वर्षदेखि डरधम्की देखाई करणी गर्दै आएको प्रहरी अनुसन्धानमा खुल्न आएको एसएसपी धानुकले बताए ।

यादवले विदेशतिर छोरीलाई करणी गर्छन नेपालमा पनि गर्दा केही हुँदैन भन्दै करणी गर्दै आएको जानकारी दिए । १२ कक्षामा अध्ययनरत उनलाई बाबुले संवेदनशील अंगमा हातले छुने गरेको पाइएको छ ।

बाबुले छोरीलाई करणी गर्दै आएको कुरा आमाले पनि थाहा पाएकी थिइन् । आमाले पनि उक्त घटना आफ्नै घरभित्रको भन्दै श्रीमानलाई चेतावनी दिँदै लुकाएकी प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।

प्रहरीका अनुसार किशोरी कलेजमा एक शिक्षककसँग प्रेममा थिइन् । शिक्षककै दबाबको कारण किशोरीले प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।