७ आश्विन २०८१, सोमबार
,
Latest
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ? चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्कदै प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी यस्तो छ रास्वपा कार्यालय परिसर- फोटो फिचर डा.श्रीधर खनालको एआई र रोबोटिक्स उपन्यास ‘सावर्णि’ बजारमा पूर्वडीआईजी जोशीलाई पोखरा पुर्याइयो
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा मृतकको सनाखत



अ+ अ-

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–६ स्थित कलोनीमा गएराति दुर्घटनामा जलेर मृत्यु भएका दुई जनाको सनाखत भएको छ । मृतक दुवै जना दाङ जिल्ला लही नगरपालिका–३ का २६ वर्षीय मानबहादुर चौधरी र २७ वर्षीय काशीराम चौधरी भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रवीनराज मैनालीले पुष्टि गर्नुभयो ।

मृतकका आफन्त बुटवलमा रहेको र घटना थाहा पाएर प्रहरीको सम्पर्कमा आएपछि उनीहरुको सनाखत भएकोसमेत उहाँले बताउनुभयो । दाङ लमहीका मजदूर बुटवलमा काम सकेर राति घरतर्फ जान लागेका बेलामा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना७ख ५९४८ नं को बसले गएराति करीब १२ बजेको समयमा बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु८प ८४७५ नंको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलको ट्याङ्की विष्फोट भएर आगलागी हुँदा दुवै जनाको जलेर मृत्यु भएको थियो । मृतकको शरीर जलेर क्षत्विक्षत अवस्थामा नचिन्ने अवस्थामा रहेकाले आफन्त सम्पर्कमा आएपछि मात्र सनाखत हुन सकेको हो ।