१ असार २०८३, सोमबार
,
Latest
एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह सुर्खेतमा सामुदायिक वनको रकम हिनामिना गरेकाे आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः प्रेमप्रसाद दंगाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको बैठकमा भाग लिन मुख्यमन्त्री हेलिकोप्टरमा



अ+ अ-

हुम्ला । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुम्लाको बैठकमा भाग लिन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले सेनाको हेलिकोप्टर दुरुप्रयोग गरेका छन् ।

मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावल जिल्ला कमिटिको पहिलो बैठकमा भाग लिन सुर्खेतबाट सिमकोट र सिमकोटबाट कालिकोटको यात्रा हेलिकोप्टरबाट गरेका हुन् ।

नेपालगञ्ज र सुर्खेतबाट हरेक दिन नियमित २ दर्जन भन्दा बढी हवाई उडान भइरहेका बेला मुख्यमन्त्री र मन्त्रीले आपतकालिन उद्धारका लागि भन्दै सुर्खेतमा बस्ने हेलिकोप्टरलाई पार्टी कार्यक्रमका लागि प्रयोग गरेका हुन् ।

प्रति घण्टा १ लाख २० हजारका दरले भाडा लिने नेपाली सेनाको हेलिकोप्टर पार्टी कार्यक्रममा २ दिन होल्ड भएको सेनाको एक स्रोतले जानकारी दिएको छ ।
मुख्यमन्त्री, सामाजिक विकास मन्त्री सवार सेनाको हेलिकोप्टरको भाडा ताँजकोट गाउँपालिकाले व्यहोर्ने कुरा मन्त्रीबाट आफूले जानकारी पाएको बताए ।