१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीलाई सांसद विष्टको प्रश्न : ‘इन्काउन्टर नै हो भने छानविन किन ?’



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामबहादुर विष्टले गृहमन्त्री राम बहादुर थापालाई काउन्टर दिएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै, ‘गृहमन्त्रीले एकातिर इन्काउन्टरमा मारिएको भन्ने, अर्कोतिर छानविन समिति गठन गर्न सकिन्छ भन्नुको अर्थ के हो ?’

शुरुमा आंतककारी समूह भन्ने र पछि राजनीतिक शक्ति भन्ने विगत स्मरण गराउँदै सांसद विष्टले देशभरि यस्ता घटना कहाँ–कहाँ भइरहेका छन्, जानकारी गराउन माग गरे ।

सांसदहरूले नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको ‘इन्काउन्टर’ नभई हत्या भएको बताएका छन् ।

यस्तै सांसद् रामेश्वर राय यादवले प्रश्न गरे, ‘हरेक अपराधमा सजाय गर्ने कानून हुँदाहुँदै हत्याको बाटो किन रोज्यो ?’ घटनाको प्रकृति र प्रत्यक्षदर्शीको भनाइ सुन्दा हत्या नै भएको देखिएको यादवको भनाइ छ ।

संसदको राज्य व्यवस्था समितिले सोमबार घटनाको छानविन गरेर एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइसकेको छ ।

विप्लव समूह जिल्ला इन्चार्ज पौडेलको असार ५ गते लालबन्दीमा ज्यान गएको थियो ।